बागमती

बागमती प्रदेश सरकारको प्रवक्तामा  खनाल

इकागज |
कात्तिक १२, २०७८ शुक्रबार ८:२० बजे

हेटौँडा- बागमती प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण खनालले पाएका छन् । बिहीबार मुख्यमन्त्री तथा मन्त्रीको पदभारग्रहण पछि बसेको पहिलो मन्त्रिपरिषद्को बैठकले खनाललाई प्रवक्ताको जिम्मेवारी दिएको हो ।

प्रदेशको मुख्यमन्त्री राजेन्द्र पाण्डेको अध्यक्षतामा बसेको पहिलो बैठकले एक मात्र निर्णय गरेको छ । प्रदेशको ११९ स्थानीय तहमा रहेको दलित, लोपोन्मुख, सिमान्तकृत समुदायिका नागरिकले प्राविधिक शिक्षा पढ्न चाहेमा प्रदेश सरकारले पढाउने निर्णय गरिएको छ ।


सरकारका प्रवक्ता कृष्ण खनालका अनुसार उनीहरुले आफ्नो अध्ययन पुरा गरेपछि ५ वर्ष आफ्नो स्थानीय तहमा बसेर काम गर्नुपर्नेछ । अबको १५ दिनभित्र कार्यविधि निर्माण गरेर निर्णय कार्यान्वयन चालू वर्षबाटै हुने उनले बताए  ।


Author

थप समाचार
x