बागमतीका मुख्यमन्त्री पाण्डेले २२ गते विश्वासको मत लिने
काठमाडौँ- बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले कातिक २२ गते विश्वासको मत लिने भएका छन् । गठबन्धनको तर्फबाट कातिक ११ गते मुख्यमन्त्री बनेका पाण्डेले २२ गते प्रदेशसभामा विश्वासको मत लिने भएका हुन् ।
संविधानको धारा १६८ को उपधारा २ बमोजिम ५९ जना सांसदको हस्ताक्षरमा पाण्डे बागमती प्रदेशको तेस्रो मुख्यमन्त्री बनेका हुन् । पाण्डेलाई एकीकृत समाजवादीसँगै कांग्रेस र माओवादीका सांसदहरुले समर्थन गरेका छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया