दियोबाट सल्केको आगोले ग्यास सिलिन्डर पड्किँदा एकै घरका चार जनाको मृत्यु
काठमाडौँ- ललितपुरको मंगलबजारमा शुक्रबार ग्यास सिलिन्डर विस्फोट हुँदा चार जनाको ज्यान गएको छ । विस्फोटमा परी अन्य दुई जना घाइते भएका छन् । शुक्रबार राति पौने ७ बजेतिर यो दुर्घटना भएको हो ।
मंगलबजारस्थित प्रहरी प्रभागका इन्चार्ज प्रहरी निरीक्षक रामकृष्ण श्रेष्ठले ग्यास सिलिन्डर विस्फोट हुँदा स्थानीय ६८ वर्षीय लक्ष्मीकृष्ण ताम्राकार, ३५ वर्षीया अञ्जना ताम्राकार, ३५ वर्षीया रचना ताम्राकार र १० वर्षका नाति निर्जल ताम्राकारको मृत्यु भएको बताएका छन् ।
तेस्रो तलामा म्ह पूजा गर्दा दोस्रो तलाको झ्यालमा दियो बालेर राखिएको थियो । त्यही दियोबाट झ्यालको पर्दामा आगो सल्किएपछि दुर्घटना भएको बताइएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया