बागमती

बागमतीमा एमाले पहिलो पटक प्रमुख प्रतिपक्ष दलको रूपमा सहभागी हुँदै

इकागज |
कात्तिक २२, २०७८ सोमबार ११:४७ बजे

फाइल तस्‍बिर

हेटौंडा - बागमती प्रदेश सभामा नेकपा एमाले पहिलो पटक प्रमुख प्रतिपक्ष दलको भूमिकामा उपस्थित हुने भएको छ । साढे ३ वर्षभन्दा बढी सत्तामा रहेको एमाले पहिलो पटक प्रदेश सभामा प्रतिपक्ष दलको हैसियतमा उपस्थित हुने एमालेको प्रमुख सचेतक दिपक निरौलाले जानकारी दिए ।

आज दिउँसो ३ बजे बागमती प्रदेशको मुख्यमन्त्री राजेन्द्र पाण्डेले प्रदेश सभाबाट विश्वासको मत लिँदैछन् । प्रदेश सभामा मुख्यमन्त्री पाण्डेले बोलेसँगै मत विभाजन हुने तयारी छ । नेकपा एमालेले मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत दिने छैन ।


एमाले बागमती प्रदेशको ससदीय दलको नेता अष्टलक्ष्मी शाक्यले मतविभाजनमा एमाले सहभागी भएपनि पाण्डेलाई मत नदिने बताइन् । प्रदेश सभा बस्नु अघि दिउँसो १ बजे एमालेको संसदीय दलको बैठक बस्नेछ ।

पहिलो पटक एमाले प्रमुख प्रतिपक्षको भूमिकामा आएकाले एमाले संसदीय नम्सअनुसार अघि बढ्ने प्रमुख सचेतक निरौलाले बताए । प्रतिपक्षको भूमिका सत्तापक्षको भन्दा फरक हुने भएकोले त्यसबारे प्रष्ट पार्न दलको बैठक राखिएको समेत उनले जानकारी दिए ।


Author

थप समाचार
x