बागमती

स्थानीय तहको निर्वाचन प्रक्रिया तत्काल थाल्न सरकार र निर्वाचन आयोगलाई माग

इकागज |
माघ ३, २०७८ सोमबार १३:४१ बजे

काठमाडौँ- स्थानीय तहका सरोकार राख्ने संघ तथा महासंघले तत्काल दोस्रो तहको स्थानीय तहको निर्वाचन प्रक्रिया थाल्न सरकार र निर्वाचन आयोगसँग माग गरेका छन् । 

आज (सोमबार) एक विज्ञप्ती जारी गर्दै संघ तथा महासंघले संविधानले स्थानीय तहमा जनप्रतिनिधिविहीनको परिकल्पनै नगरेको भन्दै तत्काल निर्वाचन प्रक्रिया थाल्न सरकार र आयोगलाई माग गरेका हुन् । 


जिल्ला समन्वय समिति महासंघका नवराज गेलाल, नेपाल नगरपालिका संघका अध्यक्ष अशोककुमार ब्याञ्जु श्रेष्ठ र गाउँपालिका राष्ट्रिय महासंघका अध्यक्ष होमनारायण श्रेष्ठले संयुक्त विज्ञप्ती जारी गर्दै  संविधान र स्थानीय तह निर्वाचन ऐनले एकदिन पनि जनप्रतिनिधिविहीन स्थानीय तह परिकल्पना नगरेको र स्थानीय तहको कार्यभार प्रदेश वा संघीय सरकारले सञ्चालन र व्यवस्थापन गर्ने व्यवस्था पनि नगरेको उल्लेख गरेका छन् । 

'संविधानले नै जनप्रतिनिधिबिनाको स्थानीय सभा र कार्यपालिका व्यवस्था गरेको छैन र म्याद थपको पनि व्यवस्था छैन,' विज्ञप्तीमा भनिएको छ । 

स्थानीय तहको निर्वाचन ऐन २०७३ बमोजिम तीन चरणमा भएकाे निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरुको अवधि क्रमश २०७९ जेठ ७ असार २१ र असोज ७ गते सकिदैंछ । 


 


Author

थप समाचार
x