भरतपुरमा सुकुम्वासीलाई निस्सा वितरण
फाइल फाेटाे
चितवन- चितवनको भरतपुर महानगरमा पहिलो पटक लालपूर्जा वितरणको प्रक्रियाका लागि भूमिको निस्सा वितरण गरिएको छ ।
राष्ट्रिय भूमि आयोग चितवनको सहकार्यमा भरतपुर महानगरको वडा नम्बर १४ शिवनगर वडा कार्यालय परिसरबाट निस्सा वितरण सुरु गरेको हो ।
एक समारोहकाबीच भरतपुर महानगरकी मेयर रेनु दाहाल, राष्ट्रिय भूमि आयोग चितवनका अध्यक्ष बद्री तिमिल्सिना र वडा नम्बर १४ का अध्यक्ष सहितको टोली आफै फिल्डमा खटिएर निस्सा कागज वितरण गरेका थिए ।
कार्यक्रममा भरतपुरका मेयर रेनु दाहालले आफूहरूले चुनावी वाचा अनुसार जनताको आधारभूत आवश्यकता वासको लागि भूमि वितारण गर्न पाउँदा खुसी लागेको बताइन् । उनले आफूहरुले भरतपुरको विकास नमुना हिसाबबाट गरिरहेको बताउँदै जनताको आवश्यकता पुरा गर्नु नै आफ्नो मुख्य जिम्मेवारी रहेको बताए ।
चितवनको ३ वटा स्थानीय तहमा लालपूर्जा वितरणको लागि आयोगका अध्यक्ष बद्री तिमिल्सिनासहितको टोली आफै फिल्डमा खटिएर स्थलगत निरीक्षण गरेको हो ।
भरतपुर महानगरपालिकामा मात्र १० हजार २९ जना, कालिका नगरमा ५ हजार ५ सय ५९ जना र माडी नगरमा ५ हजार ४ सय ५६ जना दलित भूमिहीन, सुकुम्वासी र अव्यवस्थित बसोबास गर्नेले लालपूर्जाको माग गर्दै निवेदन दिएका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया