रिङरोडमा साइकल लेन बनाउन टेण्डर
फाइल फाेटाे
काठमाडौँ- ललितपुर महानगरपालिकाले रिङरोड खण्डमा साइकल लेन बनाउने टेण्डर आव्हान गरेको छ । महानगरपालिकाले सोमबार आव्हान गरेको टेण्डरमा करिब दुई करोड रुपैयाँमा साइकल लेन बनाउने गरी प्रस्ताव मागकाे सूचना जारी गरेको हो । महानगरपालिकाले एक करोड ९४ लाख २८ हजार एक सय ३४ मा टेण्डर आव्हान गरेको हो ।
यस्तै, सोही टेण्डर सूचनामा महानगरपालिकामा यसअघि नै भएका साइकल लेनमा पुनः रंग लगाउन पनि टेण्डर आव्हान गरिएको छ । सूचनाअनुसार ४९ लाख ३३ हजार सात सय आठ रुपैयाँमा महानगरभित्रका पहिला नै साइकल लेन बनिसकेको स्थानमा पुनः मर्मत गर्नुपर्नेछ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया