झन्डै ७२ लाख खर्चेर गाडी किन्दै बागमती सरकार
काठमाडौँ - मन्त्रालय टुक्राएर जम्बो मन्त्रिपरिषद्मा इतिहास बनाएको बागमती प्रदेश सरकारले झन्डै ७२ लाख खर्चे एउटा गाडी किन्ने भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्का लागि ७१ लाख ७५ हजारको गाडी किन्न बोलपत्र पनि स्वीकृत भएको छ । अढाइ महिनाअघि बोलपत्र आह्वान गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आइतबार बोलपत्र स्वीकृत गरेको हो ।
हार्ड टप जीप खरिदको ठेक्का अग्नि इन्कपेरिटेड प्रालि काठमाडौँले पाएको छ । १४ मन्त्रालय रहेकाे बागमतीमा १८ सदस्यीय मन्त्रिपरिषद् छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया