बागमती

सुरज राई : जसले माल्टा पठाइदिने नाममा ४८ लाख ठगे

इकागज |
असोज २२, २०७७ बिहीबार १६:३६ बजे

काठमाडौं : सुनसरी बराहक्षेत्र नगरपालिका–९ प्रकाशपुर बस्ने ३२ वर्षीय सुरज राईलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । माल्टा पठाइदिन्छु भन्दै विभिन्न प्रलोभनमा देखाइ ४८ लाख ९८ हजार रुपैयाँ ठगी गरेको अभियोगमा उनलाई पक्राउ गरिएको हो ।

राई उक्त रकम ठगी गरी फरार भएका थिए । उनलाई महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय सुनसरीको समन्वयमा सुनसरीबाट उनलाई पक्राउ गरेको हो ।


आवश्यक कारवाहीका लागि बुधबार उनलाई महानगरीय प्रहरी परिसर, काठमाडौँमा पठाइएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।


Author

थप समाचार
x