बागमती

‘त्वा खल ओमबहाःया’को ‘त्वा छेँ’ को शिलान्यास

सम्पदा संरक्षणमा महानगरले पर्याप्त लगानी गरिरहेको छ, भ्रम सिर्जना नगरौं : मेयर शाक्य

इकागज |
माघ ८, २०७७ बिहीबार १४:२ बजे

काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सम्पदा संरक्षण र प्रवर्धनका लागि महानगरले पर्याप्त लगानी गरिरहेकोले भ्रम सिर्जना नगर्न आग्रह गरेका छन् । बिहीबार बिहान काठमाडौं– २३ ओमबहालको ‘त्वा खल ओमबहाःया’को ‘त्वा छेँ’ को शिलान्यासपछि बोल्दै उनले सम्पदा निर्माण, पुननिर्माण र संरक्षणका लागि माग भएका सबै योजनामा महानगरले आर्थिक दायित्व बोकेको बताए । 

‘सम्पदा बचाउने काम हाम्रै हो । त्यो दायित्व हामीले निर्वाह गरिरहेका र्छौं । हाम्रा काम बुझ्नु भएको छैन वा चित्त बुझेको छैन भने आउनोस् हामी कुरा बुझाउँर्छाैं । कुरा नबुझी बोलिदिनुभयो भने अन्यथा अर्थ लाग्छ । भ्रम सिर्जना हुन्छ,’ उनले भने, ‘पहिले रानीपोखरीको सन्दर्भमा यस्तै भएको थियो । अहिले कमलपोखरीको बारेमा पनि यस्तै भइरहेको छ ।’


भित्री सहरी क्षेत्रको पहिचान भनेकै मूर्त अमूर्त र जीवन्त संस्कृति भएकोले सम्पदाको संवेदनशीलता बुझेर प्रतिक्रिया दिनसमेत उनले आग्रह गरे ।    मेयर शाक्यले शिलान्यास गरेको ‘त्वा छेँ’को भवन ३ आना जग्गा निर्माण हुनेछ भने साढे ४ तलामध्ये पहिलो चरणमा ३ तला बनाइनेछ । यो गुठीले जग्गा खरिद गरेर प्राप्त गरेको हो । त्यस्तै सुरुमा भवन लागत अनुमान १ करोड ३९ रुपैयाँ थियो । खरिद प्रक्रियामा भएको प्रतिस्पर्धामा निर्माण पक्षले ८६ लाख रुपैयाँमा निर्माण कबोल गरेको छ । यही अनुस्प सम्झौता भइसकेको छ । 

शिलान्यास कार्यक्रममा बोल्दै वडाध्यक्ष मचाराजा महर्जनले वडाभित्र माग भएर आएर कुनै पनि योजना नरोकिएको बताए । ‘सम्पदा जोगाउन, सहरी सुविधा पु¥याउनु र विपद् प्रतिकार्यका काम गर्नु भित्री वडाका प्राथमिक काम हुन्,’ वडाध्यक्ष महर्जनले भने, ‘यस कामको परिणामका लागि वडाले प्रक्रियामा कतै पनि ढिलाइ गरेको छैन ।’


Author

थप समाचार
x