बागमती

बागमती प्रदेशसभाको बैठक फेरि स्थगित

इकागज |
फागुन ५, २०७७ बुधवार ९:३९ बजे

वाग्मती : बागमती प्रदेशसभाको सातौँ बैठक स्थगित भएको छ । आज २ बजे बस्‍ने भनिएकोमा विशेष कारणवश स्थगन गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

सभाको बैठक अर्को सूचना जारी भएपछि मात्र सञ्चालन हुने प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले बताए । प्रदेशसभाको बैठक माघ १९ गते बस्‍ने भनिए पनि अनिश्चितकालका लागि स्थगन गरिएको थियो । रासस



Author

थप समाचार
x