बागमती

मुख्यमन्त्री डोरमणि पौडेलले लगाए कोभिड खोप

इकागज |
फागुन २४, २०७७ सोमबार १५:१३ बजे

हेटौंडा : बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् । सोमबार बिहान ११ बजे हेटौंडा अस्पतालमा पुगेर मुख्यमन्त्री पौडेलले खोप लगाएका हुन् । 

खोप लगाएपछि मुख्यमन्त्री पौडेलले सबैलाई सरकारले तोकेअनुसार खोप केन्द्रमा गएर खोप लगाउन आग्रह गरे । बागमती प्रदेशमा ५ सय ६ वटा खोप केन्द्रबाट दोस्रो चरणको खोप अभियान सुरु गरिएको छ ।  


दोस्रो चरणको पहिलो दिन आइतबार बागमती प्रदेशको ३१ हजार ४ सय १७ जनाले खोप लगाएको स्वास्थ्य निर्देशनालय बागमती प्रदेशका स्वास्थ्य निर्देशक रमेश अधिकारीले जानकारी दिए । 


Author

थप समाचार
x