बागमती

बोलेरोले किचेर एकको मृत्यु

इकागज |
फागुन २५, २०७७ मंगलबार ६:५३ बजे

सांकेतिक तस्बिर

दोलखा :  वैत्येश्वर गाउँपालिका-६ नाम्दुमा बोलेरोले किचेर एक जनाको मृत्युभएको छ । वैत्येश्वर गाउँपालिका-६ को नाम्दु पैयूँखोलामा वा१४च ९९९३ नंको बोलेरोले किचेर नाम्दु निवासी ४० वर्षीय बद्री थामीको घटनास्थलमा नै मृत्यु भएको दोलखाका प्रहरी प्रमुख भेषराज रिजालले बताए ।

यात्रु लिएर नाम्दुको पैयूँखोलाको भित्री सडकमा गएको बोलेरोको सापटक भाँचिएपछि रोकेर यात्रुहरु ओर्लिएको र सोही क्रममा रोकेको बोलेरोमा ओत लगाउँदै गर्दा उक्त बोलेरो गुडेर बद्री थामीलाई किचेको र थामीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । शवपरीक्षणका लागि चरीकोट ल्याइएको र घटनाको थप अनुसन्धान भइरहेको दोलखा प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक भेषराज रिजालले बताए ।



Author

थप समाचार
x