बागमती

मकवानपुरमा माओवादीले राख्यो बोर्ड

इकागज |
फागुन २७, २०७७ बिहीबार ९:५२ बजे

हेटौँडा : नेकपा माओवादी केन्द्र मकवानपुरले जिल्ला कार्यालयमा बोर्ड राखेको छ । बुधबार नेकपा माओवादी केन्द्र मकवानपुरका ईन्चार्ज कुमारी मोक्तान र अध्यक्ष प्रेम बहादुर पुलामीको उपस्थितिमा बोर्ड राखिएको हो ।

हेटौंडा-४ गर्दाइस्थित पार्टी कार्यालयमा नेकपा माओवादी केन्द्रको बोर्ड राखेपछि बोल्दै ईन्चार्ज मोक्तानले अदालतको फैसलाको सम्मान गर्दे माओवादी केन्द्रको बोर्ड राखिएको बताइन् । ईन्चार्ज मोक्तानले पुनः पार्टी एकता हुने संकेत गरिन् । पार्टी अध्यक्ष प्रेम बहादुर पुलामीले नयाँ ढंगले राजनीतिक घटना अघि बढेको बताउँदै नेकपा नेकपाकै नाममा धेरै जनप्रतिनिधिले निर्वाचन जितेकाले यसबारे संवैधानिक व्याख्या आवश्यक रहेको बताए । 
 



Author

थप समाचार
x