८० वर्षमा नागरिकता पाइन् ठूलीमायाले
हेटौंडा : मकवानपुरको विकटमा पर्ने राक्सिराङ गाउँपालिका–४ की ठूलीमाया प्रजाले ८० वर्षको उमेरमा नेपाली नागरिकता प्राप्त गरेकी छिन् । वि.सं १९९७ सालमा राक्सिराङमा जन्मिएकी उनले आइतबार जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट नेपाली नागरिकता प्राप्त गरेकी हुन् ।
उनी बाहेक श्रीमान, छोराहरूको नागरिकता रहेको छ । श्रीमान्को मृत्यु भइसकेको कारण छोराले सनाखत गरेपछि नागरिकता दिइएकोे जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख प्रशासकीय अधिकृत देवचन्द्र गत्र्तौलाले बताए । समाजिक सुरक्षा भत्ता आउने कुरा जानकारीमा आएपछि उनले नागरिकता बनाएकी हुन् ।
उनीजस्तै नागरिकता नभएकाहरूलाई राक्सिराङ गाउँपालिकाले नै सहजीकरण गरेर नागरिकता बनाउन सहयोग गरिरहेको गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले बताए । यसअघि राक्सिराङका जनप्रतिनिधिहरूको सहजीकरणमा ७३ जनाले एकैदिन जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट नागरिकता लिएका थिए ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरले यसअघि विकट स्थानहरूमा घुम्ती शिविरको आयोजना गरेर नागरिकता नबनाएकाहरूलाई नागरिकता प्रदान गर्दै आएको थियो । गृह मन्त्रालयले घुम्ती शिविर आयोजना गरेर नागरिकता नबाड्न निर्देशन दिएसँगै जिल्लामा नागरिकता शिविर आयोजन हुन नसकेको प्रमुख प्रशासकीय अधिकृत गत्र्तौलाले जानकारी दिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया