बागमती

कौडा खेलिरहेका ७ जना पक्राउ

इकागज |
चैत ३, २०७७ मंगलबार १३:२३ बजे

प्रतिकात्‍मक तस्‍वीर

धादिङ : धादिङको ज्वालामुखी गाउँपालिका-२, गैरिगाउँबाट सोमबार प्रहरीले कौडा खेलिरहेका ७ जनालाई पक्राउ गरेको छ । गैरिगाउँस्‍थित हिरा श्रेष्ठको कुखुरा फार्ममा कौडा खेलिरहेको अवस्थामा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा धादिङ सिद्धलेक गाउँपालिका–२ का चिज कुमार श्रेष्ठ, ज्वालामुखी गाउँपालिका–१ का राजन कुमार खनाल, वडा नम्बर ३ का ६३ वर्षीय खुम बहादुर अर्याल, गोरखा जिल्ला गण्डकी गाउँपालिका–४ का जनक भण्डारी, पुर्ण बहादुर लामिछाने, दिपक भट्ट र लोक बहादुर भट्ट रेको प्रहरीले जनाएको छ । 


उनीहरूको साथबाट ३ लाख १३ हजार रुपैयाँसहित कौडा २ थान बरामद गरेको धादिङका प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले जानकारी दिए । उनकाअनुसार घटनाको थप अनुसन्धान भइरहेको छ ।


Author

थप समाचार
x