बागमती

बागमती प्रदेश खेलकुदः क्रिकेटमा काठमाडौं, ब्याटमिन्टनमा चितवन र धादिङ विजयी

सरिता दाहाल |
चैत १, २०७८ मंगलबार १९:२५ बजे

मकवानपुर- प्रथम बागमती प्रदेश खेलकुद प्रतियोगिता अन्तरगत आज मंगलबार भएको खेल अन्तरगत क्रिकेटमा काठमाडौं विजयी भएको छ। प्रतियोगिताको ब्याटमिन्टन अन्तरगत चितवन र धादिङ प्रथम भएका छन् ।

यसैगरी प्रतियोगिताको पुरुष फुटबलतर्फको खेलमा मकवानपुर र रामेछाप विजयी भएका छन् । हेटौंडाको क्याम्पा रंगशालामा जारी खेलको पहिलो खेलमा सिन्धुली र काठमाडौंबीच भएको थियो । खेलमा सिन्धुली विजयी भएको छ ।


प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशको आयोजनामा भएको पहिलो हाफमा सिन्धुलीले २ गोल गरेको थियो । खेलको दोस्रो हाफमा ४ गोल थप गर्दै ६–० गोल अन्तरले सिन्धुली क्वाटरफाइनल प्रवेश गरेको हो । 
दोस्रो खेलमा भक्तपुर विजयी भएको छ । रसुवालाई ६–० गोल अन्तरले हराउदैं भक्तपुर क्वाटरफाइनल प्रवेश गरेको हो । 
भोलि बुधबार दुईवटा खेल हुनेछन् । पहिलो खेल धादिङ र काभ्रेपलान्चोकबीच हुनेछ । दोस्रो खेल सिन्धुली र मकवानपुरबीच हुने खेल संयोजक कल्पना शर्माले बताइन्। खेल नकआउट चरणमा खेलाइएको छ ।    
 

ब्याटमिन्टन खेलमा चितवन र धादिङ प्रथम 

हेटौंडामा भएको ब्याटमिन्टन प्रतियोगितामा पुरुषतर्फ चितवन प्रथम भएको छ । मंगलबार भएको फाइनल खेलमा ललितपुरलाई ३–१ अंकले हराउदैं चितवन प्रथम भएको हो । दोस्रो स्थानमा ललितपुर, तेस्रो स्थानमा धादिङ र सिन्धुली रहेको खेल संयोजक दीपक थापाले बताए ।

महिला तर्फ भने  धादिङ प्रथम भएको छ । फाइनल खेलमा सिन्धुपाल्चोकलाई ३–२ अंकले पराजित गर्दै प्रथम भएको हो । त्यस्तै, दोस्रो स्थान सिन्धुपाल्चोक, तेस्रो स्थान ललितपुर र नुवाकोट भएको ब्याटमिन्टन अफिसियल राम विनय श्रेष्ठले बताए । ब्याटमिन्टन टिम इभेन्टको आधारमा खेलाइएको थियो ।

प्रदेश युवा तथा खेलकुद मन्त्री रत्नप्रसाद ढकाल, मन्त्रालयका सचिव, परिषद्का सदस्य सचिवलगायतले मेडल, प्रमाण र नगदसहित पुरस्कृत गरिएको थियो । प्रथम, द्धितीय र तृतीय हुनेले क्रमशः तीस हजार, चौबिस हजार र अठार हजार प्राप्त गरेका छन् ।  

महिला क्रिकेटमा काठमाडौं विजयी 

चितवनको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको महिला क्रिकेटतर्फ काठमाडौं विजेता भएको छ । चितवनलाई ६४ रनले पराजित गर्दै काठमाडौं प्रथम भएको छ । टस जितेर ब्याटिङ रोजेको काठमाडौंले एक विकेट गुमाएर २० ओभरमा १६२ रन बनाएको थियो । काठमाडौंको तर्फबाट कन्चन श्रेष्ठले ७० र अस्मिता खरेलले ४३  रन बनाइन् ।  

चितवनले २० ओभरमा ४ विकेट गुमाएर ९८ रन बनाएका थियो । भरतपुर महानगरपालिकाका मेयर रेणुकुमारी दाहाल, परिषद् सदस्य सचिव सुर्यलाल भण्डारीले विजेता र उप विजेतालाई प्रमाणपत्र सहित पुरस्कार वितरण गरेका थिए ।   

पुरुष तर्फको खेल भने भोलि बुधबार हुनेछ । पहिलो खेल रामेछाप र नुवाकोट र दोस्रो खेल रसुवा र धादिङबीच हुने खेल संयोजक प्रेम बहादुर क्षेत्रीले बताए । पूरुषतर्फ सिन्धुलीले सहभागिता जनाएको छैन् ।
 


Author

थप समाचार
x