ट्रक व्यवसायीद्वारा थोत्रा ट्रक डम्पिङ रोक्न माग
मकवानपुर–भारतीय बजारमा थोत्रा भएका ट्रकहरु नेपाली बजारमा चलाउने गरेको भन्दै त्यस्ता थोत्रा ट्रकको डम्पिङ हटाउन माग गर्दै ट्रक व्यवसायीहरुले बागमती प्रदेशको मुख्यमन्त्री राजेन्द्र पाण्डेलाई ज्ञापन पत्र बुझाएका छन् ।
नेपाल ट्रक यातायात व्यवसायी महासंघले बागमती प्रदेशका मुख्यमन्त्री पाण्डेलाई ७ दिनभित्र ट्रकको समस्या समाधान गर्न अल्टिमेटम दिएका छन् । आज मंगलबार ज्ञापन पत्र बुझाउँदै संघले ५ बुदें माग राखेको छ ।
इन्धन मूल्यसँगै भाडा नबढ्दा ट्रक चलाउनै नसकिने भएकोले ७ दिनभित्र मूल्य समायोजन गर्न महासंघले माग गरेको छ । तोकिएको समयमा माग पुरा नभए ट्रक ग्यारेजमा थन्काउने चेतावनी महासंघले दिइएको छ ।
वैज्ञानिक प्रणालीका आधारमा भाडावृद्धि गर्न सरकारले ट्रक व्यवसायीसँग सम्झौता गरे अनुसार ५ रुपैयाँ इन्धनको मूल्य बढ्दा भाडा बढाउने सहमति कार्यान्वयन गर्न सरकारलाई आग्रह गरिएको हो ।
महासंघकाअनुसार भाडा वृद्धि गनुपर्ने, भारतीय र चिनियाँ सवारी साधन रोक्नु पर्ने, भारतमा इन्धन तस्करी रोक्नुपर्ने, ट्रकको पार्किङस्थल बनाउनु पर्ने लगायतको माग गरिएको छ ।
इन्धनको मूल्य १ सय ४ रुपैयाँ हुँदा बढेको भाडा इन्धनको मूल्य १ सय ३३ रुपैयाँ पुग्दा पनि नबढ्दा यातायात सञ्चालनमै समस्या परेको,मुलुकलाई चाहिने भन्दा बढी ट्रक हुँदाहुँदै पनि भारतीय गाडीहरु निर्वाध आइरहेको र कानुनले तोकेभन्दा बढी भारवहन गरिरहेको, नेपाली ट्रक भारतमा ५ किलोमिटर परसम्म जाँदा पनि प्रवेशका लागि दुतावासको सिफारिस लगायतको झण्झट रहेको, तातोपानी नाका हुँदै ठूला कन्टेनर नेपाल प्रवेश गर्दा त्यसक्षेत्रका नेपाली कन्टेनर व्यवसायी मारमा परेको जस्ता समस्याहरु दर्शाइएको छ ।
यसैगरी भारतीय सीमा क्षेत्रमा नेपालबाट भारततर्फ इन्धन तस्करी भइरहेको आरोप लगाउँदै यसको नियमन गर्न माग गरिएको छ । यसैगरी मुख्य राजमार्गमा पार्किङ स्थल नबनेकाले दुर्घटना बढेको औल्याउँदै ५० किलोमिटरको दूरीमा पार्किङ वे व्यवस्था गर्न माग गरिएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया