बागमती प्रदेश खेलकुद : पुरुष क्रिकेटको उपाधि मकवानपुरलाई
मकवानपुर - प्रथम बागमती प्रदेश खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटको उपाधि मकवानपुरले जितेको छ । धादिङले टस जितेपछि ब्याटिङको निम्तो पाएको मकवानपुरले उपाधि हासिल गरेको हो ।
आज चितवन जिल्लास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा धादिङ जिल्लालाई २४ रनले पराजित गर्दै मकवानपुरले उपाधि जितेको हो। सुरुवाती व्याटिङ गरेको मकवानपुरले निर्धारित २० ओभर मा ८ विकेट गुमाएर १ सय ५६ रन बनाउन सफल भयो । मकवानपुरका लागि रिजन ढकालले सर्वाधिक ४२ रन बनाए । बलिङतर्फ धादिङका उज्वल थापाले ३ विकेट लिएका थिए ।
१ सय ५७ रनको लक्ष्य पाएको धादिङ २० ओभर मा १ सय २४ रनमा अल आउट भएपछि मकवानपुरले खेल २४ रनले जितेको हो। धादिङका लागि उज्ज्वल थापाले सर्वाधिक ४० रन बनाएका थिए। बलिङतर्फ मकवानपुरका रिजन ढकालले ४ विकेट हात परे । म्यान अफ द म्याच मकवानपुरका रिजन ढकाल भए । उपाधि विजेता मकवानपुरले ट्रफी, पदक, प्रमाणपत्रसहित जनही ५ हजर नगद पुरस्कार प्राप्त गरेका छन् ।
बक्सिङतर्फ
प्रथम राष्ट्रव्यापी खुला विद्यालयस्तरीय महिला तथा पुरुष बक्सिङ प्रतियोगितामा मकवानपुर जिल्लाको प्रतिनिधित्व गरेका पिप्ले बक्सिङ क्लबका अरुण सापकोटाले स्वर्ण पदक तथा सिलेन वाईबाले रजत पदक जितेका छन् ।
ललितपुरको सातदोबाटोस्थित खेलकुद परिसरमा सोमबार भएको प्रतियोगितामा ३५ केजी तौल समूहमा मकवानपुरका सापकोटाले नक्सालका सक्षम लामालाई पराजित गर्दै स्वर्ण पदक जितेका हुन् । ४९ केजी तौल समूहमा मकवानपुरका वाइबाले मातृभूमि क्लब भक्तपुरका नवीनतम खड्कासँग पराजित हुदै रजत पदकमा चित्त बुझाएका छन्। दुवै खेलाडीले अंकका आधारमा स्वर्ण तथा रजत पदक जितेको प्रशिक्षक लाला पौडेलले जानकारी दिए।
प्रतियोगितामा १२ देखि १४ वर्ष उमेरका खेलाडीहरुको सहभागिता रहेको थियो । नेपाल बक्सिङ संघ र खेलकुद प्रवर्धन संस्था नेपाल (स्पोन)को आयोजनामा भएको प्रतियोगितामा देशका विभिन्न जिल्ला र क्लबका ४८ जना खेलाडीको सहभागिता रहेको थियो।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया