वडा कार्यालय तोडफोड गर्नेलाई माफी मगाएर उन्मुक्ति
मकवानपुर- हेटौँडा उपमहानगरपालिका वडा नम्बर ८ को कार्यालय तोडफोडमा संलग्नलाई कारवाही गर्नुको सट्टा माफी मागेपछि छाडिएको घटनाप्रति सर्वसाधारणले आक्रोश व्यक्त गरेका छन् ।
सत्तागठबन्धन दलकै कार्यकर्ता घटनामा संलग्न रहेको पाइएपछि प्रहरी प्रशासनले कारवाही गर्नुको सट्टा राजनितीक सहमतिको नाममा दोषीलाई उन्मुक्ति दिएको हो।
वडा कार्यालयले घटनामा दोषीलाई कारवाही गर्न लिखित निवेदन नै दिएको थियो । तर प्रहरी प्रशासनले सत्ताधारी दललाई खुसी पार्न घटना मिलापत्र गराएको नेकपा एमालेका नगर सचिव बोलबहादुर कार्कीले बताए ।
घटनामा संलग्न भएको भन्दै नेकपा एकिकृत समाजवादी मकवानपुरका नेता बैकुण्ठ सापकोटा, नेपाली कांग्रेसका अच्युतम पौडेल र सरोज श्रेष्ठ बिरुद्ध कारबाहीको माग गर्दै निवेदन परेपछि भएको बैठकमा आरोपितहरुले क्षमयाचाना गर्ने सहमति भएको थियो ।
छलफलमा एकिकृत समाजवादीका जिल्ला अध्यक्ष श्रीधर पोखरेल, सचिव विष्णु दाहाल, नेकपा माओवादी केन्द्रका जिल्ला सचिव भीम पाख्रिन, नेपाली कांग्रेसका नगर सदस्य सरोज पौडेल, एमालेका नगर सचिव बोलबहादुर कार्की सहित वडा अध्यक्ष गोपाल क्षेष्ठ, निमित्त प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरे,मकवानपुरका प्रहरी प्रमुख सुरेन्द्रबहादुर गुरुङ लगाएतको उपस्थिति थियो ।
अहिले उक्त सहमतिको विरुद्धमा सामाजिक सन्जालमा टिका टिप्पणी भइरहेको छ। गत शुक्रबार वडा अध्यक्षले वडाको भन्दा पार्टीको काममा ध्यान दिएको भन्दै हेटौंडा ८ को वडा कार्यालयमा तोडफोड गरी अध्यक्षको कुर्सि सडमा फ्यालिएको थियो। यसको विरुद्धमा हिजो आइतबार प्रशासनसमक्ष ज्ञपन पत्र बुझाईएको थियो । त्यसपछि प्रशासनले सर्वदलीय बैठक राखेर लिखित सहमति गराएको थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया