बागमती

गोकर्णेश्वरमा टिपरको ठक्करबाट दुई बालिकाको घटनास्थलमै मृत्यु

इकागज |
चैत १६, २०७८ बुधबार १२:५० बजे

सांकेतिक तस्बिर

काठमाडौँ- काठमाडौँको गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजल खड्कागाउँमा बुधबार बिहान टिपरको ठक्करबाट मोटरसाइकलमा सवार दुई जना बालिकाको घटनास्थलमै मृत्यु भएको छ । 

मोटरसाइकल चालक भने गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलकी अन्दाजी ९ बर्षीया श्रेया  तामाङ र ४ बर्षीया श्रृष्टी तामाङ रहेका छन् । 


घाइते भएका मोटरसाइकल चालक ३० वर्षीय रोहन तामाङको अत्तरखेल स्थित नेपाल मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

बा ४ ख ६९६५ नम्बरको ट्रिपरले तामाङ बुबा छोरीहरू सवार बा ५१ प ८७३३ नम्बरको मोटरसाइकललाई बिहान सवा ८ बजे ठक्कर दिएको थियो । टिपर चालकलाई प्रहरी वृत्त बौद्धले नियन्त्रणमा लिएको छ ।


Author

थप समाचार
x