बागमती

२० वर्षीया युवतीसहित लागुऔषध काराेबारी प्रहरीको नियन्त्रणमा

इकागज |
चैत १८, २०७८ शुक्रबार १९:३१ बजे


मकवानपुर- जिल्ला प्रहरी कार्यालय मकवानपुरले गैर कानुनी काममा संलग्न रहेका ३ जनालाई नियन्त्रणमा लिएका छन् ।

प्रहरीका अनुसार ६ ग्राम ७५० मिली ग्राम लागुऔषध खैरो हिरोईनसहित सहित ३ जनालाई नियन्त्रणमा लिएको हाे ।

प्रहरीले हेटौडा उप महानगरपालिका वडा नं. २ संगमचोकस्थित सडकमा जाँच गर्ने क्रममा ना ४३ प ८६५१ नं. को मोटरसाईकल समेत नियन्त्रणमा लिएको छ ।  हेटौडा उप महानगरपालिका वडा नं. १५ बस्ने २३ बर्षीय राजेश खाती र सोही मोटरसाईकलको पछाडी सवार मकवानपुर राक्सिराङ्ग गाउँपालिका वडा नं. ३ बस्ने २० बर्षीया आयुषा ठकुरीले लुकाई छिपाई ल्याएको २ ग्राम ७५० मिली ग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ फेला परेको हो ।

दुबैलाई लागूऔषध र मोटरसाईकल सहित नियन्त्रणमा लिएर अनुसन्धान सुरू गरेको प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले बताए ।

यसैगरी इलाका प्रहरी कार्यालय पशुपतिनगर मकवानपुरबाट खटिएको प्रहरी टोलीले मकवानपुर हेटौडा उपमहानगरपालिका वडा नं.१५ रातोमाटे चेक पोष्टमा सवारी चेकजाँच गर्ने क्रममा खैरो इरोइन बरामद गरेको छ ।

बीरगञ्जबाट हेटौडा तर्फ आउदै गरेको प्र.३–०२–००६ प २६१४ नम्बरको मोटर साईकलबाट धादिङ्ग जिल्ला निलकण्ठ नगरपालिका वडा नं.१४ बस्ने २९ बर्षीय बलराम गुरुङ्गले लुकाई छिपाई ल्याएको ४ (चार) ग्राम लागु औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ बरामद गरेको छ । गुरुङको साथबाट लागू औषध नाईट्राभेट १३ ट्याब्लेट फेला परेको रिमालले बताए ।



Author

थप समाचार
x