बागमती

आर्थिक वर्ष २०७८/७९ मा वडा समाजवादी कार्यक्रम ल्याइनेः मुख्यमन्त्री पाण्डे

इकागज |
चैत २२, २०७८ मंगलबार २१:१० बजे

फाइल फोटो

हेटौंडा - बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले आगामी आर्थिक वर्ष २०७८÷७९ मा वडा समाजवादी कार्यक्रम ल्याइने बताएका छन् । 

आर्थिक मामिला तथा योजना मन्त्रालयले आयोजना गरेको आगामी आव २०७८÷७९ को बजेट तर्जुमाका लागि अन्तक्र्रिया तथा छलफल कार्यक्रममा उनले सरकारमा सामेल तीनवटै दलको नीति समाजवाद भएकाले वडामा पाइलट कार्यक्रमका रूपमा उक्त कार्यक्रम लैजानुपर्ने मुख्यमन्त्री पाण्डेले बताए । 


उनले योजना बनाउँदा बहुवर्षीय योजनाका दायित्व छुट्याएर नयाँ योजना बनाउन मन्त्रालयलाई निर्देशन दिए । 

प्रदेश गौरवका योजना बनाउँदा मापदण्ड बनाइने, न्यूनतम साझा कार्यक्रममा आधारित भएर कार्यक्रम बनाइने र साधारण खर्चमा कमी ल्याइने मुख्यमन्त्री पाण्डेले बताए । 

सीपयुक्त जनशक्ति निर्माण गर्नका लागि औद्योगिक पाठशाला र किसान पाठशालाको आवश्यक्ता रहेको उनको भनाइ छ । 

यसका साथै शैक्षिक क्षेत्रमा ध्यान दिइनेसमेत उनले बताए । संसद्मा रहेको विषयगत समिति र सबैदलसँग सुझाव लिएर कार्यक्रम तथा योजना ल्याउन पनि मुख्यमन्त्री पाण्डेले मन्त्रीलाई निर्देशन दिए । 

त्यसैगरी आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्कट्टेलले आर्थिक मामिला मन्त्रालयले विषयगत मन्त्रालयमा हस्तक्षेप नगर्ने बताउँदै न्यायोचित ढङ्गले बजेट सिलिङ गरिने जनाए । 


Author

थप समाचार
x