बागमती

बागमती प्रदेशका १ सय १९ स्थानीय तहमै गठबन्धन गर्ने सहमति

इकागज |
चैत २८, २०७८ सोमबार २०:३६ बजे

फाइल फोटो

मकवानपुर - आसन्न स्थानीय तह निर्वाचनको लागि बागमती प्रदेशमा सत्ता साझेदार दलको ५ दलीय गठबन्धन सहमति नजिक पुगेको छ ।

नेपाली कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँको अध्यक्षतामा बसेको गठबन्धनको बैठकमा सहमतिको नजिक पुगिएको हो । 


छलफलमा बागमती प्रदेशका १ सय १९ स्थानीय तहहरुमा १ हजार १ सय २१ वडामा नै आवश्यकता र औचित्यको आधारमा गठबन्धन गरेर जाने सहमतिमा पुगेको ५ दलीय गठबन्धन संयन्त्रका सचिव राजु नेपालले बताए ।

हिजो आईतबार र आज सोमबार काठमाडौंमा बसेको गठबन्धनको बैठकमा बागमती प्रदेशका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका पार्टी प्रमूखहरुको उपस्थिति रहेको थियो ।

यसअघि बागमती प्रदेशका ५ दलीय गठबन्धनले आआफ्नो दलमा स्थानीय र वडामा मतको विश्लेषण र प्रतिवेदन बुझाउन मातहतका निकायलाई निर्देशन दिईसकेका छन् । 

बागमती प्रदेश गठबन्धनले पनि तत्कालै साझा सहमति गरेर केन्द्रमा प्रतिवेदन बुझाउने तयारी रहेको सचिव नेपालले बताए ।

‘विगतको अवस्थालाई भुल्दै र आगामी निर्वाचनमा सफलता हासिल गर्न तर्झ एकमत हुँदै हामी साझा सहमतिको नजिक पुगेका छौ’ नेपालले भने ।


Author

थप समाचार
x