बागमती

स्थानीय तह निर्वाचन

यसपालि ललितपुर महानगरमा कसले बाजी मार्ला ? यस्तो थियो गत निर्वाचनको परिणाम

इकागज |
बैशाख २, २०७९ शुक्रबार ११:१० बजे

काठमाडौँ – २०७४ सालको स्थानीय तहको निर्वाचमा ललितपुर महानगरपालिकाबाट नेपाली कांग्रेसका चिरीबाबु महर्जन २४ हजार ६४२ मतका साथ विजयी भएका थिए। महर्जनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका हरिकृष्ण ब्यञ्जनकार झिनो ३२६ मतले पराजित गरेका थिए। साझा पार्टीका रमेश महर्जनले १३ हजार ४५८ मत प्राप्त गरेका थिए । माओवादी केन्द्रका दिनेश महर्जन १० हजार ६ सय ६१ मतसहित तेस्रो बनेका थिए। 

ललितपुर महानगरको उपप्रमुखमा पनि नेपाली कांग्रेसले आफ्नो कब्जा जमाएको थियो। उपप्रमुखमा नेपाली कांग्रेसकी गीता सत्यालले १९ हजार ८ सय १८ ल्याएर विजयी भएकी थिइन् । त्यस्तै माओवादी केन्द्रकी हसिना शाक्यले १२ हजार ९ सय ७९ र तत्कालीन राप्रपाकका बाबु काजी प्रधानले १० हजार ५ सय ४० मत ल्याएर क्रमशः दोस्रो र तेस्रो भएका थिए। 


गत निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमालेबीच कडा प्रतिष्पर्धा भएको यस क्षेत्रमा यसपालि कसले बाजी मार्ला भन्ने निकै चासोसाथ हेरिएको छ।

नेकपा एमालेले यस महानगरको मेयरमा हरिकृष्ण ब्यञ्जनकारलाई सर्वसम्मत रूपमा सिफारिस गरिसकेको छ भने नेपाली कांग्रेसले उम्मेदवारको टुंगो लगाउन बाँकी नै छ। 

शुक्रबार ललितपुर नेपाली कांग्रेसले महानगरको मेयरमा महर्जनसहित ७ जनाको नाम सिफारिस गरेको छ। नेपाली कांग्रेसका एक नेताले यसपालि पनि महर्जनले नै टिकट पाउने पक्काजस्तै भएको बताए।

विवेकशील साझा पार्टीबाट उज्जल कृष्ण श्रेष्ठले मेयरको उम्मेदवारी दिने चर्चा छ । गत संघिय संसदको प्रतिनिधि सभा सदस्यमा ललितपुर क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिएका थिए । उक्त चुनावमा श्रेष्ठले ७ हजार ६ सय २८ मत प्रप्त गरेका थिए ।


Author

थप समाचार
x