बागमती

मकवानपुर कांग्रेस पार्टी कार्यालयमा लगाइएको ताला तोडियो

इकागज |
बैशाख ६, २०७९ मंगलबार १५:५३ बजे

मकवानपुर - नेपाली कांग्रेस मकवानपुरमा लगाइएको ताला तोडिएको छ । पार्टी जिल्ला सभापति बुद्ध लामाको आदेशमा प्रहरीले ताला तोडेको हो ।

गठबन्धनमा सहमति खोज्दै पार्टीले हेटौंडाको मेयर पद छोड्न लागेको भन्दै असन्तुष्ट कार्यकर्ताहरुले पार्टी नगर कमिटीको बैठक बस्दै गदौ ४ वटा ताला लगाएका थिए ।

नेपाल तरुण दल हेटौंडा उपमहानगर समिति सभापति सुनिल गिरीको सक्रियतामा लगाइएको ताला करिब २ घण्टापछि पार्टी जिल्ला सभापति लामा र सहसचिव निशान बजगाईंको उपस्थिति तोडिएको हो  । गठबन्धनबाट हेटौंडाको मेयर कांग्रेसको भागमा पर्नुपर्ने माग राख्दै केन्द्रीय सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष दबाब सिर्जना हुने दाबीका साथ युवा कार्यकर्ताहरुले नाराबाजीसहित तालाबन्दी गरेका थिए ।

निर्वाचनको समयमा अराजक गतिविधि गरेको भन्दै यस्तो कार्य गर्नेलाई पार्टीले कारवाही गर्ने चेतावनी समेत सभापति लामाले दिएका छन् । “सबै कुरा वार्ताकै क्रममा छ, टुङ्गो लागेकै छैन, पार्टी कार्यालयमा ताला लगाउने बिषय गम्भीर हो, ताला लगाउनेलाई पार्टीको विधानबमोजिम हदैसम्मको कारबाही हुनेछ” लामाले भने ।

सक्तारुढ गठबन्धनमा सहभागी ५ दल मध्ये सबैभन्दा शाक्तिशाली दल नेपाली काँग्रेस भएको दाबि गर्दै हेटौंडा उपमहनगरपालिकाको मेयर आफूहरुले पाउनु पर्ने मागमा दबाब सिर्जना गर्न आफूहरुले ताला लगाएको कार्यकर्ताहरुले बताएका छन् ।

कार्यालयमा ताला लगाइएको सवालमा अहिले पार्टीको जिल्ला कमिटि बैठक बसिरहेको छ । बैठकले ताला लगाउन सक्रिय नेपाल तरुण दल हेटौंडा उपमहानगर समिति सभापति सुनिल गिरी सहित ४ जनालाई कारवाही गर्नसक्ने बताइएको छ ।



Author

थप समाचार
x