जनपक्षीय बजेट र कार्यक्रम ल्याउँछौँ : मन्त्री मोक्तान
मकवानपुर- बागमती प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मोक्तानले जनताको आवश्यक्ता र माग अनुसारको जनपक्षीय बजेट र कार्यक्रम ल्याउने दाबी गरेकी छिन् । चालु आर्थिक वर्षको बजेट तथा कार्यक्रमहरु छिटो र प्रभावकारी रुपमा कार्यान्वयन गर्न आग्रह गर्दै मन्त्री मोक्तानले विगतका प्रभावकारी कार्यक्रम र नयाँ बजेटका लागि सुझाव पनि माग गरिन् ।
मन्त्री मोक्तानले अपाङ्गता भएकाहरुले छिटो र सहज रुपमा सूचना लिन पाउने ब्यवस्था गर्न आफूले पहल गर्ने बताइन् । पछाडि पारिएका समुदायको हकअधिकार बृद्धि गर्न ऐन, कानून बनाउँदा सम्बन्धित सरोकारवालाको सहभागिता र सुझावलाई प्रदेश सरकारले उच्च प्राथमिकता दिएको उनको दाबी छ ।
राष्ट्रिय बहिरा महासंघ नेपालद्वारा आज मंगलबार हेटौंडामा आयोजित बहिरामैत्री सेवा प्रवाहका लागि सरकारी तथा सरोकारवाला निकायसँग अन्तरक्रियात्मक कार्यक्रममा उनले यस्तो बताएकी हुन् ।
“प्रकृया अगाडी बढाउँदै जाँदा कही न कही संविधानले दिएको हकलाई पूर्णता दिन सक्दैन, कतै छुट्ला कि भनेर उहाँहरुलाई मस्यौदा बनाउन दिएको हो,” उनले भनिन् “बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले महत्वपूर्ण स्थान दिएको छ, महिला, बालबालिका, अपाङ्गता सम्बन्धी नीति, कानून निर्माण गर्दा सम्बन्धित क्षेत्रका गैरसरकारी संघसंस्थालाई मस्यौदा बनाउन दिएका थियौ ।”
कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का बागमती प्रदेश सांसद प्रेमबहादुर पुलामी, एकीकृत समाजवादीकी प्रदेश सांसद मुनु सिग्देल, सामाजिक विकास मन्त्रालयका सचिव श्रीकृष्ण नेपाल, आन्तरिक मामिला तथा कानून मन्त्रालयकी कानून अधिकृत उषा गौतम, हेटौंडा उपमहानगरपालिकाका महिला तथा बालबालिका महाशाखा प्रमुख जगन्नाथ सापकोटा लगायतले लक्षित वर्गको उत्थानको लागि सबै पक्षको सहकार्य आवश्यक भएको बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया