बागमती

पाँचखाल नगरपालिका:

कांग्रेसबाट मेयरका लागि १० जना र उपमेयरका लागि आठ जनाको नाम सिफारिस

इकागज |
बैशाख ७, २०७९ बुधबार २०:१८ बजे

काभ्रे - पाँचखाल नगरपालिकाको मेयरका लागि १० जनाको नाम सिफारिस भएको छ । नगर कार्यसमितिको आज बसेको बैठकले मेयरका लागि १० जना र उपमेयरका लागि आठ जनाको नाम सिफारिस गरेको हो । 

सिफारिस गरिएकामा हालका मेयर महेश खरेलसमेत रहेका छन् । त्यस्तै राजन कार्की, प्रलाद थापा, गणेश अधिकारी, कुमार लामिछाने, उमेश बाँनिया,  हेमकुमार लामा, निराजन लुइटेल, नन्दु प्रसाद दुलाल र चन्द्रमणि आचार्यसमेत मेयरमा सिफारिस भएका छन् ।  


त्यस्तै उपमेयरमा बद्री प्रसाद खकुरेल, साबीत्री लामिछाने, लक्ष्मी दनुवार, शान्ति लक्ष्मी श्रेष्ठ, सुनिता तामाङ, कुसुम दुलाल, मनकुमारी दनुवार  र लक्ष्मी श्रेष्ठको नाम सिफारिस गरिएको छ । लक्ष्मी दनुवार अहिलेकी उप प्रमुखसमेत हुन् । 

उनीहरु सबैको नाम आज बसेको नगर समितिले सिफारिस गरेर प्रदेश पठाएको हो ।


Author

थप समाचार
x