बागमती

बागमती प्रदेश संयन्त्रले टुङ्ग्यायो दोलखा जिल्लाको भागबण्डा, कुन पालिका कसलाई ?

इकागज |
बैशाख ९, २०७९ शुक्रबार २०:५१ बजे

फाइल फोटो

काठमाडौँ - बागमती प्रदेश स्तरीय पाँच दलीय गठबन्धनले दोलखा जिल्लाका नगरपालिका र गाउँपालिकाको उम्मेदवारहरू टुंगो लगाएको छ । 

आज बसेको प्रदेश संयन्त्रले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि प्रमुख र उपप्रमुख पदका उम्मेदवारहरुको टुंगो लगाएको हो । 


दोलखामा नौ स्थानीय तहमध्ये जिरी नगरपालिकाको प्रमुख कांग्रेसले पाएको छ भने उपप्रमुख नेकपा माओवादी केन्द्रले पाएको छ । 

यस्तै, कालिन्चोक गाउँपालिका अध्यक्ष कांग्रेस र उपाध्यक्ष माओवादी केन्द्र, गौरीशंकर गाउँपालिका अध्यक्ष माओवादी केन्द्र उपाध्यक्ष नेपाली कांग्रेस, तामाकोशी गाउँपालिका अध्यक्ष नेकपा एकीकृत समाजवादी र उपाध्यक्ष कांग्रेस, बैतेश्वर गाउँपालिका अध्यक्ष कांग्रेस र उपाध्यक्ष माओवादी केन्द्र, शैलुङ  गाउँपालिका अध्यक्ष माओवादी केन्द्र उपाध्यक्ष कांग्रेस, मेलुङ गाउँपालिका अध्यक्ष एकीककृत समाजवादी र उपाध्यक्ष कांग्रेस, बिगु गाउँपालिका अध्यक्ष माओवादी केन्द्र उपाध्यक्ष कांग्रेस र भिमेश्वर नगरपालिका प्रमुख कांग्रेस र उपप्रमुख माओवादी केन्द्रले पाएको छ । 

यसैगरी पाँचदलीय संयन्त्रले जिल्ला समन्वय समिति प्रमुख माओवादी केन्द्रलाई दिने निर्णय गरेको छ भने उप-प्रमुख एकीकृत समाजवादीलाई दिने भएको छ । 


Author

थप समाचार
x