हेटौंडाको मेयरमा गठबन्धनबाट लामाको उम्मेदवारी हुने
मकवानपुर । आसन्न स्थानीय तहको निर्वाचनमा हेटौंडा उपमहानगरपालिकाको मेयरमा बहालवाला उपमेयर मिनाकुमारी लामालाई एकीकृत समाजवादीले अघि सारेको छ ।
सत्तारुढ गठवन्धनबाट हेटौंडा उपमहानगरपालिकाको मेयर पद समाजवादीको भागमा परेकाे थियाे । समाजवादीले लामो आन्तरिक कसरत पछि लामालाई अघि सारेको हो । पार्टी भित्र पार्टी जिल्ला अध्यक्ष श्रीधर पोखरेल र लामाको दाबी भएपछि अन्तिम समयसम्मको प्रयासमा लामाले टिकट पाएकी हुन् । अघिल्लो स्थानीय तहको निर्वाचनमा नेकपा एमाले बाट उपमेयर जितेकी लामा पार्टी बिभाजनपछि समाजवादीमा गएकी थिइन् ।
उम्मेदवारी टुङ्गिएसँगै अबको केही दिनमा गठबन्धन दलहरुको घोषणा पत्र लिएर जनतामाझ जाने तयारी समेत भएको लामाले बताइन् ।
सरकार गठबन्धन दल तथा दलका शीर्षस्थ नेता बिच भएको सहमतिमा हेटौंडाको मेयर नेकपा एस र उपप्रमुख कांग्रेसको भागमा परेको थियो।
नेकपा एकीकृत समाजवादीले लामालाई उम्मेदवारको रूपमा टुङ्ग्याएपनि उपमेयरको भाग पाएको कांग्रेसमा भने अझै विवाद छ । कांग्रेसले उपमेयरमा कसलाई टिकट दिने अझैसम्म फाइनल भएको छैन ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया