हेटौंडाको मेयरमा एमालेबाट पौडेल, उपमेयरमा काफ्ले उम्मेद्वार
मकवानपुर- आसन्न स्थानीय तह निर्वाचन २०७९ मा नेकपा एमालेले हेटौंडा उपमहानगरपालिकाको मेयरमा अनन्त पौडेललाई उम्मेद्वार बनाउने निर्णय गरेको छ ।
पौडेल संविधानका पुर्व सदस्यसमेत हुन् । उनीसँगै अन्तिमसम्म टिकटको दाबी गर्दै आएका हाल बहालवाला मेयर हरिबहादुर महत अब टिकटको दौडबाट बाहिरिएका छन् । यसैगरी उपमेयरमा अनेमसंघ मकवानपुर जिल्ला अध्यक्ष सुमित्रा काफ्लेको उम्मेदवारी हुने भएको छ । एमालेको शनिबार बसेको केन्द्रीय सचिवालय बैठकले पौडेल र काफ्लेलाई उम्मेद्वार बनाउने निर्णय गरेको हो ।
यस अघि उपमेयरमा अधिकारकर्मी तथा नेतृ आरती पाठकको पनि चर्चा थियो । हेटौंडाको मेयरका लागि ९ जना र उपमेयरका लागि ७ जनाको दाबी रहँदै आएको थियो । 'अब पार्टीले आफ्नो नीति र विधि अनुसार निर्वाचनको लागि मैदानमा प्रतिबद्धता र घोषणापत्र लिएर उत्रनेछ' मेयरका उम्मेद्वार पौडेलले भने ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया