भोटेकोशी गाउँपालिकाका अध्यक्ष पौडेलले दिए राजीनामा
काठमाडौँ- सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले पदबाट राजीनामा दिएका छन् । आइतबार पौडेलले गाउँपालिका अध्यक्ष पदबाट राजीनामा दिएका हुन् ।
पौडेलले उपाध्यक्ष दाबुटी शेर्पासमक्ष राजीनामा बुझाएका हुन् । उनको राजीनामा स्वीकृत भएको छ ।
वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा फेरि अध्यक्ष पदमा उम्मेद्वारी दिनका लागि पदबाट राजीनामा दिएको पौडेलले बताए । नेपालको संविधान २०७२ धारा २९५ को उपधारा ८ (क) बमोजिम आजैको मितिदेखि लागू हुने गरी पदबाट राजीनामा दिएको बताए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया