काँग्रेस मकवानपुरमा अझै सुल्झेन विवाद
मकवानपुर- निर्वाचनको मनोनयन दर्ता सुरू हुंदासम्म मकवानपुर कांग्रेस भित्रको विवाद टुङ्गिएको छैन । सत्तारूढ ५ दलीय गठबन्धनको बिरोधमा रहेको नेपाली कांग्रेस मकवानपुरले अझैसम्म हेटौंडा उपमहानगरपालिकाको उपमेयर पदमा उम्मेदवारी टुङ्गयाएको छैन ।
यता जिल्लाको बकैया गाउँपालिकामा कांग्रेसले गठबन्धनको निर्णय नमान्ने र एकल रूपमा चुनावी मैदानमा जानेबारे निर्णय भएको पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको छ ।
स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्ने समय सुरु हुँदा समेत पार्टीको माथिल्लो निकायबाट कुनै निर्देशन नआएकोभन्दै आइतबार हेटौंडामा पत्रकार सम्मेलन गरी बकैयाले गठबन्धन नगर्ने घोषणा गरेको हो ।
कांग्रेस वकैया सभापति दिलबहादुर भोम्जन तथा १२ वटै वडाका सभापतिहरुले संयुक्त पत्रकार सम्मेलन गर्दै मित्रवत् प्रतिस्पर्धा गर्ने जनाएको हो । ‘स्थानीय औचित्यको आधारमा गठबन्धन गर्नुपर्छ भन्ने हाम्रो भनाइ हो । स्थानीयस्तरमा गठबन्धनको औचित्य नभएपछि हामी एकल चुनावी प्रतिस्पर्धामा जान तयार भएका हौं ।’, उनले भने ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया