यस्तो छ भक्तपुरमा गठबन्धनले लगाएको भागबण्डा
फाइल फोटो
काठमाडौँ - सत्ता गठबन्धनले भक्तपुर जिल्लाको भागबण्डा टुङ्ग्याएको छ । आज बसेको प्रदेशस्तरीय संयन्त्रले भक्तपुरको भागबण्डा टुङ्ग्याएको हो ।
तीन वटा स्थानीय तह रहेको भक्तपुरमा तीनै वटा नगरपालिकामा कांग्रेसले प्रमुख पाएको छ ।
भक्तपुर नगरपालिकामा कांग्रेसले प्रमुख र माओवादी केन्द्रले उपप्रमुख पाएको हो । यस्तै मध्यपुर थिमि नगरपालिकामा कांग्रेसले प्रमुख र माओवादी केन्द्रले उपप्रमुख पाएको छ ।
सुर्यविनायक नगरपालिकामा पनि कांग्रेसले प्रमुख र नेकपा एकीकृत समाजवादीले उपप्रमुख पाएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया