बागमती

मकवानपुरमा प्रमुख पदमा महिलाको उम्मेदवारी

इकागज |
बैशाख १३, २०७९ मंगलबार १४:२८ बजे

फाइल फोटो

मकवानपुर - मकवानपुरमा गठबन्धन दल र नेकपा एमालेले पालिकाहरुको प्रमुख पदमा एक÷एकजना महिला उम्मेदवारको मनोनयन दर्ता गराएसँगै प्रमुख पदमा उम्मदेवारी दिने महिलाको सङ्ख्या तीन पुगेको छ ।

हेटौँडा उपमहानगरपालिकामा गठबन्धनबाट नेकपा समाजवादीकी मीना लामाको उम्मेदवारी दर्ता भएको छ भने नेकपा एमाले बकैया गाउँपालिकामा सरला बोलखेको उम्मेदवारी दर्ता भएको छ ।


त्यसैगरी बकैया गाउँपालिकाबाट नै नेकपा माओवादी केन्द्रले लक्ष्मी माझीको उम्मेदवारी दर्ता गराएसँगै मकवानपुरमा तीनजना महिलाहरु प्रमुख पदका उम्मेदवार बनेका हुन् । 

बकैया गाउँपालिककी अध्यक्ष उम्मेदवार बनेकी  माझीबाहेक पालिकाको प्रमुख पदमा उम्मेदवारी दिएका दुईजना नै सोही पालिकामा स्थानीय निर्वाचन २०७४ मा उपप्रमुख पद जितेका थिए । 

यसैगरी नेकपा एमालेले मनहरि गाउँपालिकामा २५ वर्षीया सुजिता थिङको उम्मेदवारी दर्ता गराएको छ । उक्त उम्मेदवारी दर्तासँगै थिङ कान्छी महिला उम्मेदवारका रुपमा चर्चामा आएकी छिन् । 

मकवानपुरको तीनवटा पालिकामा सहमति नजुटेपछि अध्यक्ष र उपाध्यक्ष दुवै पदमा दलहरुले आ आफ्नो उम्मेदवार दिएका छन् । 


Author

थप समाचार
x