बागमती

थापाविरुद्धको उजुरी झुटो भएको स्पष्टीकरण

इकागज |
बैशाख १४, २०७९ बुधबार २१:५६ बजे

काठमाडौँ - सिन्धुलीको तीनपाटन गाउँपालिकाको अध्यक्षका उम्मेदवार कर्ण थापा मगर विरुद्ध मंगलबार निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दर्ता भएपछि थापाले स्पष्टीकरण दिएका छन् । 

मगर प्रोपाइटर रहेको थापा कन्स्ट्रक्सनले बेरुजु रकम दाखिला नगरेको भन्दै उजुरी परेपछि तीनपाटन गाउँपालिकाले महालेखा परिक्षकको कार्यालयलाई पठाएको निवेदनसहितको प्रमाण मगरले राखेर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका हुन् । 


उक्त निवेदनमा थापा कन्स्ट्रक्सनले बुझाउनुपर्ने आठ लाख पाँच हजार ७०६ रुपैँया गाउँपालिकाको आन्तरिक राजश्व खातामा दाखिला भइसकेको उल्लेख गरिएको छ ।

साथै, थापा प्रोप्राइटर भएको कन्स्ट्रक्सन कम्पनीको नाममा विभिन्न बैंकमा रहेको खातामा कारोबार भइरहेको भन्ने विषयमा मगरले सो खातामा हालसालै कुनै कारोबार नभएको समेत स्पष्ट पारेका छन् । 

उजुरीका बारेमा बोल्दै मगरले भने, ‘मैले आफ्नो उम्मेदवारीलाई कुनै पनि कानुनी समस्या नपर्ने गरि उम्मेदवारी दर्ता गराएको छु । तर गठबन्धनको शक्तिबाट आत्तिएर हाम्रो प्रतिस्पर्धीले हार्ने कमजोर मानसिकताले अनेक प्रोपोगाण्डा गरिरहेका छन् ।’ 

उनले आफूविरुद्धको दावी विरोध पराजयको छटपटाहट मात्र रहेको बताए ।

अध्यक्ष पदमा उम्मेदवार हुन मनोनयनपत्र दर्ता भएका थापाको विरोधमा नेकपा एमालेकातर्फबाट तीनपाटन गाउँपालिकाको अध्यक्षको उम्मेदवार छत्र बहादुर दाहालको प्रतिनिधिले उजुरी दर्ता गराएका थिए । 

नेपाली कांग्रेसकोतर्फबाट उम्मेदवार रहेका मगर प्रोपाईटर रहेको थापा कन्स्ट्रक्सन सर्भिसले बेरुजु रकम दाखिला नगरेको भन्दै उजुरी परेको थियो । 

साथै, थापा स्थानीय तहको ठेक्कापट्टामा समेत हालसम्म संलग्न रहेको र थापा प्रोप्राइटर भएको कन्स्ट्रक्सन कम्पनीको नाममा विभिन्न बैंकमा रहेको खातामा कारोबार भइरहेको भन्दै उजुरी दर्ता भएको थियो ।

आयोगले भने परेका उजुरीको बुधबार बिहीबार छानबिन गरेर अन्तिम नामावली प्रकाशन गर्ने जनाएको छ र 


Author

थप समाचार
x