बागमती

चितवनमा टेम्पो पल्टिँदा चालकको मृत्यु

इकागज |
बैशाख १६, २०७९ शुक्रबार ११:७ बजे

चितवन- चितवनको खैरहनी नगरपालिका–८ मगनी गाँउमा गएराती टेम्पो पल्टीदा गम्भीर घाइते भएका चालकको उपचारको क्रममा मृत्यु भएको छ । 

मृत्यु हुनेमा सोही नगरपालिकाको वडा नम्बर ९ बस्ने अन्दाजी ३५ बर्षीय लक्ष्मण बछाइ रहेका छन् । 


भरतपुर स्थित चितवन मेडिकल कलेजमा उपचारको क्रममा उनको राती ११ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय खैरहनी चितवनले जनाएको छ । 

टुंगराबाट पर्सा तर्फ आउदै गरेको बागमती प्रदेश ०३–०१ ह १६ २१ नम्बरको टेम्पो गएराती १० बजे अनियन्त्रीत भई पल्टिएको थियो ।


Author

थप समाचार
x