मेलम्चीमा कांग्रेस र राप्रपाबीच चुनावी गठबन्धन
मेलम्ची - सिन्धुपाल्चोकको मेलम्ची नरगपालिकामा नेपाली कांग्रेस र राप्रपाबीच चुनावी गठबन्धन भएको छ । आज आज भएको सहमतिमा कांग्रेसले मेयर र राप्रपाले उपमेयर पद लिने गरी चुनावी गठबन्धन भएको हो ।
कांग्रेसको तर्फबाट उपमेयरको उम्मेदवारी दिएकी सविता गुरुङको उम्मेदवारी फिर्ता लिएकी छिन् भने राप्रपाबाट अध्यक्षको उम्मेदवारी दिएका शेष बहादुर तामाङले पनि उम्मेदवारी फिर्ता लिएका छन् ।
अब मेलम्चीको मेयरको उम्मेदवार आइतमान तामाङ र उपमेयरको उम्मेदवार कुमारी तामाङ चुनावी प्रतिस्पर्धामा रहेका छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया