राक्सिराङ गाउँपालिकामा कांग्रेसबाट उम्मेदवार दिएकी एक वडा सदस्य निर्विरोध
हेटौंडा- मकवानपुरको राक्सिराङ गाउँपालिकामा एक जना दलित महिला वडा सदस्य निर्विरोध निर्वाचित भएकी छिन् । स्थानीय तहको निर्वाचनअन्तर्गत राक्सिराङ गाउँपालिकाको ४ नम्बर वडामा दलित महिला वडा सदस्य पदमा नेपाली कांग्रेसबाट उम्मेदवारी मनोनयन दर्ता गराएकी सजिना मुक्तान नेपाली निर्विरोध भएकी हुन् ।
उक्त पदमा अरु कसैको पनि उम्मेदवारी नपरेपछि उनी निर्विरोध भएको राक्सिराङका निर्वाचन अधिकृत गोपाल प्रसाद कँडेलले बताए । यद्यपि, निर्वाचित भएको आधिकारिक घोषणा भने बैशाख ३० गतेपछि हुनेछ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया