बागमती

मकवानपुर ट्राफिकले थाल्याे सडकमै ड्रग-युरिन टेस्ट

इकागज |
बैशाख १७, २०७९ शनिबार १९:३० बजे

मकवानपुर । मकवानपुर ट्राफिकले सवारी चालकले लागु पदार्थ सेवन गरे नगरेकाे जाँच गर्न सुरु गरेकाे छ । ट्राफिक प्रहरीले लागुपदार्थ सेवन (लापसे) गरि सवारी चलाउने चालकहरु पहिचान गर्न लापसे जाँचकाे थालनी गरिएकाे हाे ।

लागुपदार्थ सेवन चेकका लागि मकवानपुर ट्राफिक प्रहरीले सडकमै ड्रग-युरिन टेस्ट गरेर चालकले लागुपदार्थ सेवन गरे नगरेको पत्ता लगाउने अभियानको थालनी गरेको छ । सवारी चालकले लागु पदार्थ सेवन गरी सवारी चलाउने गरेकाे गुनासो आएकाेले कार्यालयले पिसाबको माध्यमबाट ड्रग-युरिन टेस्ट जाँच सुरु गरेको मकवानपुरका ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक मुनेन्द्र थापाले बताए ।


लागु पदार्थ सेवन गरी सवारी चलाउँदा दुर्घटना समेत बढ्ने भएकाेले त्यसको नियन्त्रणका लागि पनि ड्रग-युरिन टेस्ट जाँच सुरु गरेको थापाले जानकारी दिए । उक्त अभियानको थालनी बैशाख १६ गते शुक्रबारबाट गरिएकाे छ ।

राजमार्गम हुइकिने सवारी दुर्घटना न्यूनिकरण गर्न सवारी चालकहरुले लागु पदार्थ सेवन गरे नगरेको बारे जानकारी लिन ट्राफिक प्रहरीले लापसे चेकजाँच अभियानको थालनी गरेकाे हाे । ठूला, साना सबै सवारी साधनका चालकहरुले लापसे गरे नगरेकाे परीक्षण गरिने बताइएकाे छ ।

शुक्रबारकाे अभियानमा २२ सवारी चालकको लापसे चेक गर्दा ३ जनामा पाेजेटिभ भेटिएको थियाे । पाेजेटिभ भेटिएका चालकलाई आवश्यक कारवाही गरिएको ट्राफिक कार्यालयले जनाएकाे छ ।


Author

थप समाचार
x