बागमती

माओवादी केन्द्रका बागी उम्मेदवारलाई भोलिसम्मको अल्टिमेटम, अन्यथा कारबाही हुने

इकागज |
बैशाख १८, २०७९ आइतबार २०:१३ बजे

फाइल फोटो

काठमाडौँ - नेकपा (माओवादी केन्द्र) बागमती प्रदेशले स्थानीय तहको निर्वाचनमा पालिका तथा वडामा पार्टीका विरुद्ध स्वतन्त्र (बागी) उम्मेदवारी दिएकाहरुलाई फिर्ता लिन अल्टिमेटम दिएको छ । 

प्रदेश अध्यक्ष सरल सहयात्रीले एक वक्तव्य जारी गर्दै बागी उम्मेदवारी दिने कमरेडहरुलाई भोलि (वैशाख १९ गते) सम्म आफू बागी उम्मेदवार नभएको र आफनो मत पार्टीको आधिकारिक उम्मेदवारमै रहेको स्वघोषणा गर्न अल्टिमेटम दिएका हुन् । 


यस्तै प्रदेश तथा केन्द्र स्तरमा मित्रवत् प्रतिस्पर्धा गर्ने सहमति भएका जिल्ला पालिकाबाहेक गठबन्धन गर्ने सहमति भएका पालिका तथा वडाहरुमा केन्द्रको सर्कुलरबाहेक बागी उम्मेदवारी दिनेले समेत वैशाख १९ गते ५ बजेभित्र वक्तव्य जारी गरी आफ्नो मत गठबन्धनका उम्मेदवारलाई भनि स्वघोषणा गर्न समेत माओवादी केन्द्रले निर्देशन दिएको छ ।  

माओवादीले पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध विभिन्न वक्तव्य वाजी गर्ने विरोध गर्नेलाई समेत भोलिसम्म आफ्नो मत पार्टी र गठबन्धनलाई संस्थागत गर्न रहेको हुनुपर्ने वक्तव्य जारी गर्न आदेश दिएको छ । 

अन्यथा पार्टी विधान र बागमती प्रदेशले जारी गरेको निर्वाचन निर्देशिका २०७९ अनुसार कारवाही प्रक्रिया अगाडि बढाइने वक्तव्यमा उल्लेख छ  ।

 


Author

थप समाचार
x