बागमती

आचारसंहिताविरुद्ध सरकारी कर्मचारी चुनावी सभामा

इकागज |
बैशाख १९, २०७९ सोमबार १७:१३ बजे

मकवानपुर । स्थानीय तह निर्वाचन -२०७९ नजिकिदै गर्दा आचारसंहिता विरुद्धका गतिविधि पनि बढ्दै आएका छन् । निर्वाचन नजिकिदै आउँदा दलहरू संयमित हुनुपर्नेमा झन् आचारसंहिताविरुद्ध लागेको पाईएको हो । 

आज हेटौंडा उपमहानगरपालिकाको कर्मचारी आचारसंहिता विपरीत चुनावी प्रचारमा सक्रिय भएका छन् । हेटौंडा उपमहानगरपालिकाका अधिकृत हिमप्रसाद पौडेल निर्वाचन आचारसंहिता विपरीत हेटौंडा ११ मा भएको गठबन्धनको चुनावी प्रचारमा सक्रिय भएका हुन् ।

आचारंसहिता अनुसार सरकारी कर्मचारीलाई दलका चुनावी गतिविधिमा सहभागी हुन रोक लगाएको छ । यस्ता कर्मचारी मतदान र गणनामा खटिंदा निर्वाचनको निष्पक्षतामा प्रश्न उठ्ने आशंका हुन्छ ।

स्वतन्त्र र मर्यादित रूपमा निर्वाचन परिणामको लागि पनि सरकारी कर्मचारी दलगत आस्था खुलेर लाग्न नहुने भनिएको हो । तर हेटौंडा प्रदेशको सामाजिक विकास मन्त्री, बहालवाला मेयर तथा सरकारी कर्मचारी, शिक्षक, अर्ध सरकारी कार्यालयका कर्मचारी र स्थानीय तहका कर्मचारी पनि चुनावी अभियानमा हिडिरहेका छन् । उनीहरूलाई नियमन गर्न भने सम्बन्धित निकायले चासो दिएको छैन । 



Author

थप समाचार
x