बागमती

उम्मेदवारले खाजा खाएको निहुँमा प्रहरीले दुर्व्यवहार गरेपछि मतदान रोकियो

इकागज |
बैशाख ३०, २०७९ शुक्रबार १५:१९ बजे

फाइल फोटो

काठमाडौँ - सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ३ धुस्कुनमा उम्मेदवारले खाजा खाएको निहुँमा प्रहरीले दुर्व्यवहार गरेपछि मतदान रोकिएको छ ।  

महेन्द्र प्रताप माविको बुथ क, ख र ग मा मतदान रोकिएको हो । कांग्रेसका वडाध्यक्षका उम्मेदवार निमा दोर्जे तामाङले खाजा खाइरहेको अवस्थामा प्रहरीले दुर्व्यवहार गरेपछि मतदान रोकिएको स्थानीय शहदेव भण्डारीले जानकारी दिए । 


`वडाध्यक्षका उम्मेदवारले खाजा खाइरहनु भएको थियो प्रहरीले आएर लातीले हानेपछि तनावपूर्ण अवस्था भयो`, उनले भने । 

अहिले मतपेटिका सुरक्षित राखिएको छ । मतदान पुनः सुरु गर्ने विषयमा छलफल भइरहेको बताइएको छ । 


Author

थप समाचार
x