बागमती

काठमाडौँ महानगरपालिकामा ५२ प्रतिशत मात्रै मत खस्योः आयोग

इकागज |
बैशाख ३०, २०७९ शुक्रबार २१:२५ बजे

फाइल फोटो

काठमाडौँ - निर्वाचन आयोगले काठमाडौँ महानगरपालिकामा ५२ प्रतिशत मात्रै मत खसेको जनाएको छ । 

मतदान सकिएपछि आयोगले गरेको पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले देशभर ६४ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरिएको र काठमाडौँमा ५२ प्रतिशत मात्रै मत खसेको जानकारी दिए । 


उनले भने, `काठमाडौं महानगरपालिकाको मतदानको स्थिति शान्तिपूर्ण र सहज हुँदा हुँदै पनि ५२ प्रतिशतको हाराहारीमा मात्रै मतदान भएको प्रारम्भिक अनुमान छ । यो सन्तोषजनक छैन ।`
 


Author

थप समाचार
x