गण्डकी

प्रतिनिधिको नक्कली कार्ड बनाएर गणनास्थलमा छिरेका दुईजना पक्राउ

इकागज |
जेठ ६, २०७९ शुक्रबार १३:५१ बजे

सांकेतिक तस्बिर

पोखरा- मतगणनामा उम्मेदवारको नक्कली प्रतिनिधि बनेर गणनास्थलमा छिरेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले परिचय भने खुलाएको छैन ।

उनीहरू राजनीतिक दलको नभई अनाधिकृत रुपमा छिरेको बताइएको छ । दुवैलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको प्रहरी प्रवक्ता डिएसपी सुन्दर तिवारीले जानकारी दिए । उनीहरू किन मतगणना भएको ठाउँमा गए भन्ने पनि खुलाइएको छैन ।


पोखरा महानगरमा ६५ हजार ४६२ मत गणना सकिएको छ । गठबन्धन उम्मेद्वारले अग्रता लिइरहेका छन् । नतिजा आएका १५ वडामध्ये ४ वटामा एमाले र ११ वटामा कांग्रेस विजयी भइसकेको छ । यसअघिको निर्वाचनमा मेयर र उपमेयरसहित २२ वडाध्यक्ष एमालेले जितेको थियो भने ११ वडाध्यक्ष मात्र कांग्रेसले जितेको थियो ।


Author

थप समाचार
x