गण्डकी

घरघरमै सामाजिक सुरक्षा भत्ता वितरण गर्ने मध्यनेपाल-१० का अध्यक्षको प्रतिवद्धता

इकागज |
जेठ १४, २०७९ शनिबार १०:४८ बजे

लमजुङ- मध्यनेपाल नगरपालिका-१० का नवनिर्वाचित वडाध्यक्ष रामचन्द्र भण्डारीले घरघरमै सामाजिक सुरक्षा भत्ता वितरण गर्ने प्रतिवद्धता जनाएका छन् । दोश्रो पटक वडा अध्यक्षमा निर्वाचित भण्डारीले पदभार ग्रहण गरेसँगै आगामी आर्थिक वर्षदेखि सामाजिक सुरक्षा भत्ता घरघरमै पुराउने प्रतिवद्धता जनाएका हुन् ।

वडाध्यक्ष भण्डारीले एक विज्ञप्ति जारी गर्दै सरकारले जेष्ठ नागरिक, एकल महिला एवं अपांगता भएका व्यक्तिलाई उपलब्ध गराउदै आएको सामाजिक सुरक्षा भत्ता वितरणका लागि नगरपालिकासँग समन्वय गर्ने उल्लेख गरेका छन् ।


सामाजिक सुरक्षा भत्ता बैंकमार्फत वितरण हुँदै आएकोमा नगरपालिका र सम्बन्धित बैकसँग समन्वय गरी गाउँमै शिविर आयोजना गर्ने र अशक्त असाह्यहरूका लागि घरमै पुर्‍याउने व्यवस्था गर्ने उनले बताए ।

सामाजिक सुरक्षा भत्ता वितरणबाहेक वडाध्यक्ष भण्डारीले अबको कार्यकालमा स्थानीयबासीको चाहना र आवश्यकता बमोजिम राजनीतिक, सामाजिक र आर्थिक उपलब्धीलाई संस्थागन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।


Author

थप समाचार
x