गण्डकी

विमान दुर्घटनास्थल पुगेका शेरचन भन्छन्- कसैको टाउको नै छैन, शव चिनिँदैन

इकागज |
जेठ १६, २०७९ सोमबार ८:३६ बजे

पोखरा- आइतबार विहानदेखि हराएको तारा एयरको विमान मुस्ताङको कोवाङस्थित सानुसरे भीरमा फेला परेको छ । मौसमका कारण त्यहाँ अझै सुरक्षा निकाय पुग्न सकेको छैन । स्थानीय इन्द्रसिंङ शेरच लगायतको टोली घटनास्थलमा पुगेको छ ।

उनका अनुसार विमान क्षतविक्षत अवस्थामा छ भने शवहरू चिनिने अवस्थामा छैनन् । ‘कोही पनि चिनिने अवस्थामा छैनन् । कसैको केही छैन, कसैको टाउको नै छैन,’ उनले भने, ‘यहाँको अवस्था भयावह छ । म हेरेर बसिरहेको छु ।’


उनी राती नै त्यसतर्फ गएका हुन् । विमानमा २२ जना सवार थिए । कसैको पनि पहिचान खुल्ने अवस्था नरहेको उनले जानकारी दिए ।

र, यो पनि


Author

थप समाचार
x