गण्डकी

उद्धार कार्यमा गएको सेनाको हेलिकोप्टरमा इन्धन पनि सकियो

इकागज |
जेठ १६, २०७९ सोमबार ९:० बजे

काठमाडौँ- तारा एयरको विमान दुर्घटनाग्रस्त विमान फेला परे पनि उद्धार कार्य हुन सकिरहेको छैन ।  उद्धारका लागि तैनाथ गरिएको नेपाली सेनाको हेलिकोप्टर इन्धन सकिएपछि जोमसोम विमानस्थलमै छ । 

कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी शिवप्रसाद रिजालले भर्खरै इन्धन जोमसोम पठाइएको बताए । 


‘सेनाको हेलिकोप्टर उद्धारका लागि हिजै जोमसोम गएको हो । तर, इन्धन सकिएको छ । हामीले भर्खरै पठाएका छौँ । इन्धन पुगेपछि सेनाको टोलीले हेलिकोप्टरमार्फत उद्धार थाल्ने छ ।’

उनले दुर्घटनास्थलमा मौसम सफा पनि नभएको जानकारी दिए ।

आज बिहान तारा एयरको विमान मुस्ताङको थासाङ गाउँपालिका–२ को शनिश्चरेमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको हो ।  दुर्घटनाग्रस्तस्थल १३ हजार फिट उचाइमा पर्दछ । 

र, यो पनि


Author

थप समाचार
x