गण्डकी

'केही शव भिर र खोंचमा फसेको छ, ठाउँ अप्ठ्यारो भएकाले संकलनमा समस्या भयो'

इकागज |
जेठ १६, २०७९ सोमबार ९:७ बजे

पोखरा- तारा एयरको दुर्घटनाग्रस्त जहाज भएको स्थानमा पुगेका स्थानीयले अहिले शव  संकलन गरिरहेका छन् । जहाजमा आगो नलागेको उनीहरूले बताएका छन् । स्थानीय इन्द्रसिंह शेरचनले केही शव भिर र खोंचमा फसेको र केहीलाई संकलन गरिसकेको बताए ।

‘शवहरू गन्दै छौँ। अप्ठेरो छ, ठाउँ,’ उनले भने, ‘सुरुमा भर्खर आएको हुनाले केही शव अंगभंग देखेर नचिनिने अवस्थाजस्तो लागेको थियो । तर, सबै शवहरू चिनिने अवस्थामा रहेछन् । आगो लागेको छैन ।’


त्यहाँ सेना पनि भर्खरै जाँदै छ ।

र, यो पनि


Author

थप समाचार
x