तीन महिनाभित्र पोखराका सबै घरमा रुख रोपिनेछः मेयर आचार्य
पोखरा - पोखरा महानगरपालिकाले तीन महिना भित्र महानगरका सबै घरमा कम्तिमा एउटा रुख रोप्ने भएको छ । मेयर धनराज आचार्यले आउँदो तीन महिनाभित्र प्रत्येक घरमा बिरुवा रोपिसक्ने घोषणा गरेका हुन् । विश्व वातावरण दिवसको अवसरमा उनले त्यसको सबै ब्यवस्थापन मिलाउन आफूले तयारी थालिसकेको बताए ।
केही वर्षअघि सेती नदीमा आएको अप्रत्यासित बाढी, गत वर्ष मनाङ र मादीमा आएको बाढीको स्मरण गर्दै उनले वातावरणीय सन्तुलन कायमका लागि वृक्षारोपण अनिवार्य रहेको बताए । सानो क्षेत्रफलमा बनेका घरमा समेत अक्सिजन दिनेखालका सानातिना बिरुवा भए पनि रोप्न नगरवासीलाई आग्रह गरेका छन् ।
मेयर आचार्यले पोखरामा यसअघि चौतारा र पोखरी मासिएको भन्दै त्यसको क्षतिपुर्ति हुने गरी आफूले बिरुवा रोप्न र हुर्काउन पहल गर्ने दाबी गरे ।
‘विगतमा पोखरामा प्रशस्त पोखरीहरू थिए । चौताराहरू थिए । प्रशस्त वर पिपलका बिरुवाहरू थिए, ति सबै मासिए,’ उनले भने, ‘अब जे जति जोगिएको छ, त्यसको संरक्षण गर्ने र सडक छेउमा कस्ता उपयोगी बिरुवा रोप्ने भन्ने विषयमा सरोकारवाला विज्ञसँग बसेर निर्णय गर्ने छौं । अनि पोखरालाई नारा अनुसारको स्वच्छ हराभरा सुन्दर पोखरा व्यवहारमै बनाउने छौं ।’
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया